कला

कपिल शर्मासहित बलिउडका कलाकारलाई बिश्नोईको नाम लेखिएको इमेलबाट धम्की

कमेडियन कपिल शर्मासहित तीन जना बलिउड कलाकारलाई इमेलबाट धम्की दिएको घटना बाहिर आएको छ। स्रोतका अनुसार कपिल शर्मासँगै धम्की पाएका कलाकारहरूमा राजपाल यादव, रेमो डिसुजा र सुगंधा मिश्रा जस्ता कलाकारहरू रहेका छन्। यसै सन्दर्भमा मुम्बई प्रहरीले राजपाल यादवको उजुरीमा एफआईआर दर्ता गरेको छ भने सुगंधा मिश्राको उजुरीमा एनसी दर्ता भएको छ। यसका साथै रेमोको उजुरी पनि प्रहरीमा आएको छ।

स्रोतका अनुसार तीनै जनालाई इमेल मार्फत यो धम्की आएको र इमेलको अन्त्यमा बिश्नोईको नाम लेखिएको छ। प्रारम्भिक अनुसन्धानमा इमेल पाकिस्तानबाट पठाइएको स्रोतले दाबी गरेको छ। हाल यस विषयमा थप अनुसन्धान भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। एजेन्सी

प्रकाशित: १० माघ २०८१ ०८:५१ बिहीबार

#bollywood