कला

प्रहरीमाथि गायिका आस्थाको कटाक्ष: न्वारनदेखिको बल निकालेर ठोक्नु भएछ नि मामा

प्रहरीले चितवनमा एक जना युवामाथि गरेको निर्घात कुटपिटको विरोध गर्दै गायिका आस्था राउतले प्रहरीलाई कटाक्ष गरेकी छिन्। 

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनले बोल्नै नहुने कस्तो गणतन्त्र हो सरकार भन्दै प्रश्न समेत गरेकी छिन्।

उनले लेखेकी छिन्, 'न्वारन देखिको बल निकालेर ठोक्नु भएछ नि त्यो भाइलाई मामा.. हाम्रो देशमा कुटेरै तह लगाउँछौँ भनेर ठोक्‍छन.. घरी घरी जुँगाको लडाइ पनि हो कि बा जस्तो पनि लाग्छ है ! संस्कार सिकाउनै भए पनि कुट्नु समाधान हैन तर कुटेरै ठिक पार्नु पर्छ भन्ने चलन छ  यसरी भकुर्ने बानी परिवर्तन हुनु पर्छ जस्तो मलाई लाग्छ ! मान्छेहरु को मानसिक स्थिति नै परिवर्तन हुन सक्छ, ठाउँ कुठाउँ लाग्यो भने ज्यान जान सक्छ ! विदेशमा मान्छे मारेकोलाई नै त हात धरि हाल्दैन ! केही बोल्नै नहुने कस्तो गणतन्त्र हो सरकार ?? ठिक छ कल गर्छु भन्यो भने ल ल गर गर भनेर भ्यानमा हाले भै हाल्यो नि !! बरु पक्रिएर थुनामा राख्ने, जरिवाना  तोक्ने वा अन्य कारबाही गर्न पनि सकिन्थ्यो । किन राम धुलाई गर्नु त्यसरी निर्घात रुपमा बिच सडकमा ! ? कस्तो निरङ्कुश शासन हो ??'

सोमबार सामाजिक सञ्जालमा चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडक खण्डमा सवारी जाँचका क्रममा प्रहरीले युवक कुटेको भिडियो भाइरल भएको थियो। 

प्रकाशित: ८ माघ २०८१ १५:०३ मंगलबार

#Singer Astha Raut