कला

शिल्पालाई ‘चार करोडको’ घर दिएर छुट्टिए छवि

निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको अंशमुद्दा पाँच वर्ष लामो कानुनी लडाइँपछि टुंगिएको छ।

दुवै पक्षबिचको सहमतिअनुसार छवि ओझाले शिल्पा पोखरेललाई ‘चार करोड’ मूल्य बराबरको घर दिएका छन्। उनीहरुले दसैँ अगाडि नै यो सम्झौता गरेको बताइएको छ। तर उनीहरूबिचको सम्झौता अहिले मात्र सार्वजनिक भएको हो ।

आफूमाथि छविले घरेलु हिंसा गरेको भन्दै शिल्पाले कानुनी पक्रियामा गएकी थिइन्। शिल्पाले छविविरुद्ध घरेलु हिंसा र अंशसम्बन्धी मुद्दा दायर गरेकी थिइन्।

शिल्पाले प्राप्त गरेको घर काठमाडौंको गौरीघाटमा रहेको बताइएको छ । करिब पाँच आना क्षेत्रफलमा बनेको साढे दुई तले घरको मूल्य झण्डै चार करोड पर्ने बताइएको छ।

छविले आफूभन्दा उमेरले ३० वर्ष कान्छी शिल्पासँग २०७३ साल असार २९ गते गोप्य रुपमा विवाह गरेका थिए । उनीहरुले विवाह गरेको तस्बिर तीन वर्षपछि मात्रै सार्वजनिक भएको थियो। 

प्रकाशित: ८ माघ २०८१ १३:३१ मंगलबार

#Nepali Flim #Director Chaabi Ojha #Actor Shilpa Pokheral