कला

समानता

लघुकथा

 ‘मलाई जानु छ।’

 ‘किन?’

 ‘किन्न?’

 ‘के?’

दुवै साथी एक आपसमा छलफल गरिरहेछन्।

शान्ति भन्छिन् , ‘कुरा स्पष्ट गरन शोभा कति चपाएर बोल्छौ हो?’

 ‘तरकारी किन्न जानुछ” शोभा अलिकति स्पष्ट भइन्।

 ‘घरघरमा मदिसेले ल्याउँछ त्यै  किन न!’, शान्ति जातीय संवेग देखाउँछिन्।

यो शब्द सुनेर शोभा, ‘तिमी यति धेरै पढेकी, सुझबुझ भएकीले यसरी होच्याएर अरूको मानहानि हुनेगरी बोल्छ्यौ? सुहायो त?’

समानताका विगुल फुकेको संविधानलाई अपमान गरी त्यसलाई कुल्चिने हक कसैलाई छैन।

 -प्रार्थना खनाल जोशी 

प्रकाशित: १५ पुस २०८१ १३:०९ सोमबार

# Laghukatha # Poem # Story # Laghukatha Saundarya # Samanata