कला

अस्करको सर्टलिस्टमा परेन फिल्म ‘शाम्बाला’

९७ औं अस्कर अवार्डका लागि नेपालबाट सिफारिस भएको फिल्म ‘शाम्बाला’ अस्करको सर्टलिस्टमा पर्न सकेन्। 

मीनबहादुर भाम निर्देशित फिल्म  ‘शाम्बाला’ नेपाली फिल्मबाट  अस्कर अवार्डका लागि नेपालबाट सिफारिस भएको थियो। फिल्म अवार्डका लागि सिफारिस भएपनि सर्टलिस्टमा पर्नबाट भने चुक्यो।

एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले अन्तर्राष्ट्रिय फिचरसहित १० विधामा सर्टलिस्ट मनोनयन घोषणा गरेको छ। सो सर्टलिस्ट नेपाली फिल्म  ‘शाम्बाला’  छैन।

माथिल्लो डोल्पाको संस्कृति र जनजीवनको कथामा बनेको फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरूङ, कर्मा शाक्य लगायतका कलाकारहरूको अभिनय छ।

प्रकाशित: ३ पुस २०८१ १६:५८ बुधबार

#Nepali Flim Sambala #Oskar Award