कला

बुलाकी सर्वोत्कृष्ट चलचित्र, निश्चल र स्वस्तिमालाई पनि अवार्ड (तस्बिरहरु)

चलचित्र ‘बुलाकी’ ले सर्वोत्कृष्ट चलचित्रको राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। 

२०८० सालमा रिलिज भएका चलचित्रमध्ये बुलाकी सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल भएको हो। शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न विधामा उत्कृष्ट चलचित्र तथा कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए।

यस्तो छ पुरस्कृत हुनेको विवरण:

सर्वोत्कृष्ट निर्देशक : निश्चल बस्नेत (दिमाग खराब)

उत्कृष्ट अभिनेता : विपिन कार्की (प्रसाद २)

उत्कृष्ट अभिनेत्री : स्वस्तिमा खड्का (दिमाग खराब)

निर्णायक समिति प्रोत्साहन पुरस्कार : स्वस्तिमा खड्का (टुल्की)  

उत्कृष्ट सम्पादकः मित्र डी गुरुङ (महाजात्रा)

उत्कृष्ट छायाकारः शिव ढकाल (बुलाकी)

उत्कृष्ट लेखनः राजबहादुर साने (बुलाकी)

उत्कृष्ट आदिवासी मातृभाषी चलचित्रः लोजिमा (लिम्बू भाषा)

व्यावसायिक चलचित्रः जारी (वि.सं. २०८०)

विशेष योगदान सम्मान: 

तैयव शाहः कलाकार

कृष्णप्रसाद रायमाझीः प्रदर्शक

नारायण प्रधानः द्वन्द्व निर्देशक

विद्या कार्कीः कलाकार

नरेन्द्र महर्जनः प्रदर्शक

नन्दकिशोर प्रसाद श्रीवास्तवः कलाकाररनिर्माता

भोजबहादुर गुरुङः निर्देशक रनिर्माता

अमुल कार्की ढलीः संगीत संयोजक

ध्रुबकुमार श्रेष्ठः प्रदर्शक

बुद्धि तामांगः कलाकार

सबिता गुरुङः कलाकार

विशेष चलचित्र पुरस्कारः सतीदेवी, सुगुप (लिम्बु भाषा), मार्कली (गुरुङ भाषा)

चलचित्र दीर्घ साधना सम्मानः

चैत्यदेवी सिंह (नेपालको पहिलो चलचित्र ‘आमा’ की अभिनेत्री)

प्रकाशित: १२ मंसिर २०८१ १८:१२ बुधबार

#Nepali Flim #Flim Award