कला

मुटु पोलेर मार्ने जहर के गर्नु!

मुक्तक

१) मुक्तक

भाग्यमा नभएको रहर के गर्नु,

मुटु पोलेर मार्ने जहर के गर्नु।

आँधीबेहरी सहँदा सहँदै,

मनै बगाउने लहर के गर्नु।

२) मुक्तक

थरीथरी फूलहरू फूलबारीमा फुल्नुपर्छ,

सुन्दर शान्त मन बनाई प्रकृतिमा झुल्नुपर्छ।

एक आपसमा भाइचाराको सद्भाव राखेर,

स्वच्छ निलो गगन बनाई भावनामा खुल्नुपर्छ।

३) मुक्तक

मखमली चोली पनि तिम्रै लागि सिएको छु,

यो मनका सबै प्यार तिमीलाई नै दिएको छु।

सप्तरंगी सपनालाई मनभरि सजाएर,

ती सपना पूरा गर्ने लक्ष्य पनि लिएको छु।

४) मुक्तक

कर्म गर्‍याे भने मानिसलाई दु:ख हुँदैन,

विदेश नगई घरै बस्दा सुख हुँदैन।

विदेश जानु नेपालीको बाध्यता नै भयो,

स्वदेशमै जागिर पाइने ढुक्क हुँदैन।

५) मुक्तक

तिमीले छोड्दा दिन पनि गाढा रात भएझैं लाग्यो,

जहाँ जान्छु त्यहाँ मलाई सम्झनाको भोक जाग्यो।

ती सुन्दर ठाउँहरूमा भौतारिंदा भौतारिंदै,

हरदिन तिम्रो खोजाइमा मेरो मन त्यसैत्यसै थाक्यो।

प्रकाशित: १ भाद्र २०८१ १०:३५ शनिबार

# Muktak #Poison that burns the heart