कला

रणवीर भन्छन्ः मेरो विगतलाई लिएर अहिले पनि मलाई धोकेवाज भनिन्छ

बलिवुड अभिनेता रणवीर कपुरले अहिले पनि आफूलाई धोकेवाजको ट्याग दिने गरिएको भन्दै दुखेसोको पोखेका छन्।

बलिवुडका दिग्गज अभिनेता ऋषि कपुर अभिनेत्री नितु सिंहका छोरा रणवीर कपुरलाई विगतको प्रेस सम्बन्धलाई लिएर मानिसहरूले उनलाई धाकेवाज र अय्याश गर्ने मान्छे भनेर बोलाउने गरेको उनैले बताएका छन्।

यसबारे एक अन्तर्वार्ताको क्रममा दिपीका पादुकोण र कटरिना कैफसँगको प्रेम सम्बन्धबारे खुलेरै बोल्दै भने, ‘मैले दुईजना बलिवुडकी सफल अभिनेत्रीहरूलाई डेट गरे। तर, कतै केही मिलेन र हामी आफ्नो प्रेम सम्बन्धमा सफल हुन सकेनौं। जसका लागि मलाई अहिले पनि धोकेवाज भन्ने गरिएको छ। जुन मेरालागि पीडादायी हो।’

रणवीरले सफल अभिनेत्रीहरूलाई डेट गर्नु र त्यो सफल नहुँदा त्यो नै मेरो पहिचान बनाइनुले मलाई चित्त दुख्ने गरेको बताए। उनले थपे, ‘तर, अब योसब मेरालागि सामान्य बन्दै गएको छ। म आफूलाई सम्झाउँछु। त्यो मेरो विगत हो। मेरो वर्तमान जीवनमा त्यसले कुनै असर गर्नु हुँदैन।’

सन् २०२२ मा बलिवुड अभिनेत्री आलिया भट्टसँग विवाह गरेका रणवीरको एउटी छोरी छे।

पछिल्लो समय रणवीर रामायण चलचित्रमा व्यस्त छन्। यसअघि सन् २०२३ मा उनको एनिमल चलचित्र आएको थियो। जसले ठूलो सफलता हासिल गर्यो।

प्रकाशित: ६ श्रावण २०८१ १२:५५ आइतबार

#ranbir kapoor #rishi kapoor #dipika padukon #katrina kaif