नमस्ते आधुनिक लघुकथा मञ्चले साहित्यकार ललिता दोषीकाे लघुकथासंग्रह पहिरोलाई लघुकथालय पुरस्कार-२०८१ प्रदान गर्ने भएकाे छ। पुरस्कृत कृतिका कृतिकारलाई नगद ११ हजार, एक सय एघार रूपैयाँ नगदराशि सहित सम्मान गरिने भएकाे छ।
लघुकथालयुले अवलम्बन गरेका आदर्श लघुकथा सिद्धान्तको सैद्धान्तिक मूल मर्मको केन्द्रमा रही सिर्जना भएको उनको पहिरो लघुकथासङ्ग्रह-२०८० लाई लघुकथालय पुरस्कार-२०८१ का लागि पुरस्कृत गरिने नमस्ते आधुनिक लघुकथा मञ्चका संस्थापक कृष्णजी शर्माले बताए।
संस्थाले पुरस्कारका लागि २०८० मा प्रकाशित लघुकथा कृतिहरू बजारबाट सङ्कलन गरेको थियो। २०८० सालमा प्रकाशित लघुकथाकृतिहरू बजारमा पाइएसम्म सङ्कलन गरी मूल्याङ्कनमा समावेश गरिएकोमा निर्णायक समितिले अध्ययन र मूल्याङ्कन गरी यस वर्षको लघुकथालय पुरस्कारूका लागि उत्कृष्ट लघुकथा कृति पहिरोलाई छनौट गरेको हो।
पहिरो लघुकथासङ्ग्रहमा समावेश गरिएका ललिता दोषीका लघुकथाहरू मुख्यतया नेपाली समाज तथा समकालीन घरपरिवारमा भएका विसङ्गतिका विषयवस्तुलाई उधिनेर तिनको निराकरण गर्न, नेपाली सामाजिक सुधारवादी चेतनाले भरिएका अत्यन्त सफल लघुकथाका स्वरूपमा सिर्जना भएका छन्।
कृतिकार बहुक्षेत्रमा उत्तिकै लाेकप्रिय छिन्। बालसाहित्यमा पनि उत्तिकै कलम चलाउँछिन्।
प्रकाशित: १० असार २०८१ ०७:२३ सोमबार



