कला

निजी समारोहका बीच बलिवुड अभिनेत्री सोनाक्षीले गरिन् विवाह

बलिवुड अभिनेत्री सोनाक्षी सिन्हा विवाह बन्धनमा बाँधिएकी छिन्। बलिवुडका दिग्गज अभिनेता शत्रुधन सिन्हाकी छोरी समेत रहेकी सोनाक्षीले आइतवार बलिवुड अभिनेता जहीर इकबालसँग विवाह गरेकी हुन्।

मुम्बईमा एक निजी समारोहका बीच दुबैजनाले परिवार र केही साथीहरूको उपस्थितिमा रजिस्टर्ड विवाह गरेका हुन्।

इन्स्टाग्राम पोस्ट गर्दै सोनाक्षी र जहीरले आफ्नो विवाहको बारेमा जानकारी दिएका छन्।

प्रकाशित: १० असार २०८१ ०७:१२ सोमबार

#sonakshi sinha #zaheer ikwal