नेपाल भाषा साहित्यका नारी स्रष्टाहरूको संस्था मिसा साहित्यकार मुनाको नयाँ कार्य समिति चयन गरिएको छ। विमलप्रभा बज्राचार्यको नेतृत्वमा मिसा साहित्यकार मुनाकाे नयाँ कार्य समितिमा चयन गरिएकाे हाे।
विमलप्रभा बज्राचार्यको नेतृत्वमा गठित मुनामा उपाध्यक्षद्वय दिव्या ताम्राकार र विमला मानन्धर, सचिवमा दिव्या बज्राचार्य, सहसचिवमा भवानी तुलाधर, कोषाध्यक्षमा रीता महर्जन, र सहकोषाध्यक्षमा रेणु श्रेष्ठ चयन गरिएकाे छ। त्यस्तै सदस्यहरूमा राजेश्वरी राजोपाध्याय, पूर्णिमा ढंगोल, मिलन शाक्य, मिमला शर्मा, मिनर्वा शर्मा, अर्चना शाक्य र दीपना शर्मा रहेका छन्।
सो समारोहमा प्रमुख अतिथि एवं कथाकार ध्रुव मधिकर्मीले नयाँ कार्य समितिलाई शुभकामना दिंदै नारी स्रष्टाहरूका देखिएको यो सक्रियताले नयाँपुराना स्रष्टाहरूकाे बिचमा संवाद तथा साहित्यिक विमर्श लगायतका कार्यबाट संस्थाले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे।
निवर्तमान अध्यक्ष अञ्जना ताम्राकारले संस्थाको निर्माणपछि नारी स्रष्टाहरूमा लेखनप्रति सक्रियता बढेको विचार राखिन्।
नवनिर्वाचित अध्यक्ष विमलप्रभा बज्राचार्यले सबैको सामूहिक प्रयासले संस्थालाई अघि बढाउन प्रयास गर्ने बताइन्।
कार्यक्रममा उपाध्यक्ष दिव्या ताम्राकार, सचिव विमला मानन्धर र सदस्य पूर्णिमा शाक्यले पनि संस्थाबारे मन्तव्य राखेका थिए।
कार्यक्रममा प्रमुख अतिथि मधिकर्मीले निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र पनि वितरण गरेका थिए।
प्रकाशित: २८ जेष्ठ २०८१ ०८:११ सोमबार