कला

‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुँदै

राजधानीको टेकुस्थित कौसी थिएटरमा आगामी जेठ ३ गतेदेखि ‘गिल्टी अर नट गिल्टी’ नाटक मञ्चन हुने भएको छ। रसियन अमेरिकन लेखक आयन र्‍यान्डको नाटक ‘अन द नाइट अफ जनवरी सिक्सटिन्थ’मा आधारित ‘गिल्टी अर नट गिल्टी’ नाटक आगामी जेठ २६ गतेसम्म मञ्चन हुनेछ।

राजकमल फकिरले ‘गिल्टी अर नट गिल्टी’ नाटकलाई निर्देशन तथा डिजाइन गरेको तयार गरेका हुन्। यस नाटकले अग्रवाल इन्भेस्टमेन्ट भेन्चरका सञ्चालक राधेश्याम अग्रवाल पात्रको १९औं तलाबाट खसेर मृत्यु भएको रहस्यमय घटनालाई विषयवस्तु बनाएर तयार गरिएको छ।

थ्रीलर जनरामा बनेको नाटकमा विजय ताम्राकार, आभास अधिकारी, समापिका गौतम, वासना तिमल्सिना, रूपेश लामा, सागर दाहाल, जेम्स ढकाल, अशोक गौतम, नवीन चन्द्र अर्याल, अरूण पौडेल, सुष्मा निरौला, मनिष ब्यञ्जु, सदिन लुइँटेल, रौनक कार्की, विजया पौडेल र इशा सिँजालीलगायत कलाकारको अभिनय रहनेछ।

फकिर ड्रिमको प्रस्तुति रहेको नाटकमा ध्वनि संयोजन नरेश गजुरेल र प्रकाश व्यवस्थापन आशान्त शर्माको रहनेछ। नाटक मंगलबारबाहेक साताको प्रत्येक दिन बेलुका ५ः३० बजे र शनिबार दिउँसो १ बजेको अतिरिक्त शो हुने कौसी थिएटरले जनाएको छ।

प्रकाशित: १ जेष्ठ २०८१ ०८:४३ मंगलबार

Koussi Theater in Teku 'Guilty or Not Guilty' play staging