कला

‘ज्वाइँ साब’ मा जितुसँग देखिँदै नीति

चलचित्र ‘ज्वाइँ साब’मा नायिका नीति शाह अनुबन्ध भएकी छिन्। निर्माण पक्ष र अभिनेत्री तथा मोडल शाहबीच सोमबार औपचारिक सम्झौता भएको छ।

राज कुमार पण्डितको निर्माणमा तयार हुन लागेको चलचित्रमा नीतिले जितु नेपालसँग स्क्रिन सेयर गर्नेछिन्। जितु यो सिनेमाको मुख्य भूमिकामा यसअघि नै अनुबन्ध भइसकेका छन्।

सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्ने यो चलचित्रलाई वसन्त निरौलाले निर्देशन गर्नेछन्। फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन्।

प्रकाशित: २६ चैत्र २०८० १९:३५ सोमबार

चलचित्र ‘ज्वाइँ साब’ जितु नेपाल नायिका नीति शाह