कला

‘पुजार सार्की’ जेठ १० गतेबाट प्रदर्शनमा

आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको चलचित्र ‘पुजार सार्की’ को प्रदर्शन मिति तय भएको छ।

निर्माण युनिटले शुक्रबार नयाँ पोस्टर सार्वजनिक गर्दै बुद्धजयन्तीको अवसरमा जेठ १० गतेलाई रिलिज डेट घोषणा गरेका हुन्।

सार्वजनिक मध्य एक पोस्टरमा निधारमा रातो टिका लगाएका अभिनेता प्रदीप खड्काले दमाहा बजाइरहेका छन् भने अभिनेताद्वय आर्यन सिग्देल र पल शाह आ–आफ्नो चरित्रमा छन्। अर्को पोस्टरमा आर्यनलाई भलाद्मी, पललाई नेतृत्वदायी र प्रदीपलाई केही निर्धो भूमिकामा चित्रण गरिएको छ।

चलचित्रमा अभिनेत्री द्वय अञ्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा छन्। सार्वजनिक दुवै पोस्टरमा अभिनेत्रीहरू भने छैनन्।

मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि चलचित्रमा अभिनय छ। चलचित्रलाई विकास सुवेदीले लेखेका हुन्।

प्रकाशित: २३ चैत्र २०८० १२:४४ शुक्रबार

चलचित्र ‘पुजार सार्की’ आर्यन सिग्देल अभिनेता प्रदीप खड्का अभिनेता पल शाह