कला

सामाजिकशास्त्र वार्षिक सङ्गोष्ठीको लागि लेख/रचना आह्वान

नेपाल प्रज्ञा प्रतिष्ठान अन्तर्गतको सामाजिक शास्त्र विभागले 'सामाजिक शास्त्र वार्षिक सङ्गोष्ठी २०८१' आयोजना गर्ने भएको छ।

राजनितिक परिवर्तन र नेपाली समाज भन्ने मूल विषयमा आगामी वर्षको जेठ १६ र १७ गते हुन लागेको सङ्गोष्ठीको लागि प्रज्ञा प्रतिष्ठानले शोधमूलक लेख/रचना आह्वान गरेको छ।

लेखकहरुले राजनितिक परिवर्तन र नेपाली समाज बाहेक सामाजिक शास्त्रको पठनपाठनमा राष्ट्रिय चिन्तन, इतिहास र समाज, विकास र समाज, द्वन्द्व र शान्ती निर्माण प्रक्रियामा समाज, सामाजिक विभेद र उत्पीडनले पारेका प्रभावहरु लगायत विषयमा पनि लेख्न सक्नेछन्। प्राप्त शोधमूलक लेख, रचनामध्ये २५ वटा उत्कृष्ट लेखरचना सङ्गोष्ठीमा प्रस्तुतीका लागि छानिने विभागले जनाएको छ।

समय परिवर्तनसँगै भएका राजनितिक परिवर्तन तथा विकासका बारेमा भएका शोधमूलक कार्यलाई प्रोत्साहन गरी सहयोग गर्न र सामाजिक विज्ञानको क्षेत्रमा थप ज्ञान निर्माण गर्न सङ्गोष्ठी आयोजना गर्न लागिएको प्राज्ञ तथा सामाजिकशास्त्र विभागका प्रमुख डा. कौशिला रिसालले जानकारी दिइन्।

डा. रिसालले सामाजिक शास्त्रका क्षेत्रमा अध्ययन, अनुसन्धानमूलक कार्य गरिरहेका तथा यस क्षेत्रमा थप अध्ययन गर्न चाहनेका लागि सङ्गोष्ठीले  प्रोत्साहन पुग्ने विश्वास व्यक्त गरिन्।

सङ्गोष्ठीमा भाग लिन चाहनेले इमेल मार्फत आउँदो वैशाख १५ गते सम्म लेख रचना पठाइसक्नुपर्ने छ। लेख÷रचना नेपाली भाषामा पठाउनुपर्ने छ भने यसअघि अन्यत्र प्रकाशन/ प्रसारण नभएको हुनुपर्दछ। शोधमूलक लेख÷रचना तीन हजारदेखि चार हजार पाँच सय शब्दभित्रको हुनुपर्ने छ भने शोधकार्यमा आधारित हुनुपर्ने छ।

प्रकाशित: ७ चैत्र २०८० १३:५१ बुधबार

नेपाल प्रज्ञा प्रतिष्ठान सामाजिक शास्त्र विभाग सामाजिक शास्त्र वार्षिक सङ्गोष्ठी २०८१ शोधमूलक लेख/रचना आह्वान