कला

सलमानको 'टाइगर ३' ले चार दिनमा कमायो १६९ करोड

बलिउड अभिनेता सलमान खान अभिनीत फिल्म 'टाइगर ३' ले घरेलु बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्म 'टाइगर ३' ले चार दिनमा १६९.८० करोड कमाइ गरेको हाे।

नोभेम्बर १२ मा प्रदर्शन भएको फिल्मले पहिलो दिन ४४ करोड ५० लाख भारू कमाएको थियो। दोस्रो दिन ५८ करोड कमाएको फिल्मले तेस्रो दिन ४३ करोड ५० लाख भारू कमाएको हो।

यो यशराज फिल्म्सको स्पाइ युनिभर्सको फिल्म हो।आदित्य चोपडाको लगानी रहेको फिल्मलाई मनिष शर्माले निर्देशन गरेका हुन्।

फिल्ममा सलमान खान, कट्रिना कैफ र इमरान हासमीको मुख्य भूमिका छ। फिल्ममा इमरान खलनायकको भूमिकामा देखिएका छन्। फिल्मको कथा आदित्य चोपडाले तयार पारेका हुन्।

प्रकाशित: ३० कार्तिक २०८० १०:२७ बिहीबार

बलिउड अभिनेता सलमान खान फिल्म 'टाइगर ३'