कला

अमेरिकामा दुर्घटनामा परे शाहरुख खान

भारतीय अभिनेता शाहरुख खान अमेरिकामा दुर्घटनामा परेका छन्। अमेरिकामा सुटिङका ​​क्रममा शाहरुख खान घाइते भएका हुन्। उनको नाकमा चोट लागेको भारतीय मिडियाले जनाएका छन्।  

जानकारीका अनुसार शाहरुख अमेरिकाको लस एन्जलसमा आफ्नो प्रोजेक्टको शुटिङ गर्दै गर्दा दुर्घटनामा परेपछि अभिनेतालाई तत्काल अस्पताल लगिएको थियो ।

नाकमा चोट लागेका उनी शल्यक्रियापछि शाहरूख आफ्नो घर फर्किएका छन्। 

प्रकाशित: १९ असार २०८० ०८:३६ मंगलबार