कला

गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार

नेपालका चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार भएको छ। हिजो रोमानियामा एक कार्यक्रममा उनीमाथी बियरको बोतल प्रहार भएको हो।  

गायक सपुतलाई बोतल प्रहार भएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल भइरहेको छ। प्राप्त भिडियोमा प्रकाश सपूतले गीत गाइरहेको बेला अचानक दर्शक दिर्घाबाट बोतलको प्रहार भएको देखिन्छ।  

आफ्नाे सुरमा गीत गाइरहेका प्रकाशले बोतल आएको नदेख्दा छल्न सकेनन् र उनको अनुहारमै बोतल लागेको थियाे। त्यस लगत्तै हातले मुख छोप्दै स्टेज छाड्छन्। आयोजकले तत्काल बोतल प्रहार गर्नेलाई समातेका थिए। 

प्रकाशित: ११ असार २०८० ०४:१३ सोमबार

नेपालका चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुत गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार