कला

चलचित्र प्रेमा चैत्र १७ गतेबाट प्रदर्शन हुने

चलचित्र प्रेमा चैत्र १७ गतेबाट देशभर प्रदर्शन हुने भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चलचित्र चैत्र १७ गतेबाट देशभर प्रदर्शन हुने बताइएको हो।

पत्रकार सम्मेलनमा बोल्दै अभिनेता अरुण क्षेत्रीले फिल्म लकडाउनका बेलामा नै सुटिङ गरेको बताए। उनले फिल्म राम्रो रहेको र सबैले हेर्नुपर्ने फिल्म रहेको बताए।

फिल्मबाट धेरै कुरा सिकेको उनको भनाइ छ। त्यस्तै अभिनेत्री प्रेमा सुवेक्षा खड्काले आफ्नो लागि प्रेमा फिल्म इमोशन जोनी भएको बताइन्। उनले कोरोनाको बेलामा यस्तो फिल्ममा काम गर्न पाउनु राम्रो रहेको बताइन्।  

चलचित्रको निर्देशक गोविन्द सिंह भण्डारी हुन्। फिल्ममा अभिनेता क्षेत्रीसँगै अभिनेत्री खड्का, श्रृष्टि श्रेष्ठ, विमला केसी, पुरन जोशी, हिउनवाला गौतम, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, मोहन थापा, सुरेन्द्र बसेल, विभाना थपलिया लगायतका कलाकारको अभिनय रहेको छ।  

प्रकाशित: १ चैत्र २०७९ ११:५६ बुधबार

चलचित्र प्रेमा