कला

ठाडो भाकामा ‘दरमखोला’सार्वजनिक

मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’सार्वजनिक भएको छ। गायक वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वर रहेको उक्त गीत ‘वसन्त थापा’ युट्युब च्यानमार्फत डिजिटल बजारमा आएको हो।

सार्वजनिक भएको केही घण्टामै गीतको ‘म्यूजिक भिडियो’ले युट्युबमा ४० हजार बढी ‘भ्यूज’ पाएको छ। गीतको शब्द सर्जक प्रह्लाद सुवेदीले लेखेका हुन्। संगीत रचना गायक थापा आफैंले गरेका हुन्।

ठेट शब्द, मन छुने भाका र स्वरका कारण गीतले दर्शक/श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। ‘म्युजिक भिडियो’मा प्रयुक्त नाच र अभिनयले पनि गीतमा मौलिकता थपेको छ। ठाडो भाका गण्डक क्षेत्रमा प्रचलित मौलिक लोकभाका हो।

पहिले-पहिले मेलापात र रोदीघरमा ठाडो भाका गुञ्जने गर्थ्यो। पछिल्लो समय ठाडो भाकाको मौलिकता हराउँदै जान थालेको छ। संगीतमा आधुनिकताको प्रभावले पुराना लोकभाका संकटमा परेका छन्।

प्रकाशित: २८ माघ २०७९ ०१:३२ शनिबार

अक्षर