कला

वसन्त ऋतु

कविता

वसन्त ऋतु आयो खुसीले यो मन छायो

हिलो मैलो हरायो वृक्षमा पालुवा पलायो

फेरि एकपल्ट इच्छा आकांक्षा जुर्मुरायो

फेरि पनि मनभरि उल्लास लहरायो।

 

  वसन्त ऋतु आयो प्रकृतिले फूल फुलायो

फेरि निलो आकाशमा उड्ने इच्छा जगायो

लखेट्नेहरू धेरै थिए प्वाँख काट्ने धेरै थिए

कसैले रोक्न सकेन मनमस्तिष्क आकाशमा उडायो।

 

 वसन्त ऋतु आयो खुसीले यो मन छोयो

हिलो मैलो हरायो वृक्षमा पालुवा पलायो।

प्रकाशित: १४ माघ २०७९ ०१:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App