कालीकाेट जिल्लामा अहिले मतदान शान्तिपूर्ण रूपमा सुरु भएको छ। जिल्लाका १ सय २८ मतदान केन्द्रबाट मतदान सुरु भएको प्रमुख जिल्ल अधिकारी गोर्कणराज सुयलले बताए।
नेकपा एमालेका प्रतिनिधि उम्मेदवार नगिन्द्र शाहीले रास्काेट नगरपालिका र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रतिनिधि सभा उम्मेदवार सुर्यबहादुर शाहीले कालीकाेटकाे महादेव आधारभूत विद्यालय बालमन्दिर मतदान केन्द्रबाट मतदान गरेर सुर गरेका छन्।
प्रकाशित: २१ फाल्गुन २०८२ ०८:०१ बिहीबार