सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतदान सुरु भएको छ। मतदानलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित बनाउन व्यापक सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्र खड्काका अनुसार मतदान केन्द्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा आवश्यकताअनुसार अन्य सुरक्षाकर्मी परिचालन गरिएको बताए। सबै मतदान केन्द्रमा कडा सुरक्षा सतर्कता अपनाइएको र हालसम्म कुनै किसिमको अप्रिय घटना नभएको बताए।
यसैगरी, रौतहटका चारवटै निर्वाचन क्षेत्रमा पनि शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ। बिहानैदेखि मतदाताहरू उत्साहका साथ मतदान केन्द्रमा उपस्थित भएको स्थानीय प्रशासनले जनाएको छ।
रौतहट-१ बाट उम्मेदवार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले पनि मतदान गरेका छन्।
दुवै जिल्लामा बिहान ७ बजेदेखि मतदान प्रक्रिया निर्धारित समय अनुसार सुरु भएको र मतदातालाई ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न प्रशासनले आग्रह गरेको छन।
प्रकाशित: २१ फाल्गुन २०८२ ०८:०८ बिहीबार



