निर्वाचन विशेष

खोटाङमा पनि मतगणना हुँदै

खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएकाे मतदानकाे मतगणना सुरू हुने भएकाे छ।

जिल्ला प्रशासन कार्यालय खोटाङकी सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार सर्वदलीय बैठकपछि मतगणना सुरू भएकाे छ।

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङकाे मतगणना केपिलासगढी गाउँपालिकाका बासपानी र बाक्सिलाबाट हुँदै छ।

खोटाङमा कुल एक लाख ४७ हजार १२० मतदाता रहेका छन्। जसमध्ये ७७ हजार ६५६ पुरुष र ६९ हजार ४६४ महिला मतदाता रहेका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ १७:२७ शुक्रबार