रोल्पामा नेपाली कम्युनिष्ट पाटी (नेकपा)का नेता वर्षमान पुनले सुरुवाती अग्रता लिएका छन्। ५८२ मत गणना हुँदा उनले २६५ मत ल्याएका छन्।
यस्तै, गुलाफको फुल चिन्ह लिएर उम्मेदवार बनेका नेकपा माओवादीका चुडामणी वलीले २५९ मत प्राप्त गरका छन्।
त्यसैगरी, एमालेका गोकुल घर्तीले २० मत ल्याउँदा कांग्रेसका डा. सुदन कुमार वली र रास्वपाका बालाराम थापाले ७/७ मत ल्याएका छन् ।
बिहीबार सम्पन्न निर्वाचनमा रोल्पामा ४६.३९ प्रतिशत अर्थात ६९ हजार ४ सय ८ मत खसेको थियो। जिल्ला सदरमुकाममा रहेको घरेलु तथा साना उद्योग कार्यालयको हलमा मतगणना भैरहेको छ।
प्रकाशित: २२ फाल्गुन २०८२ १५:०७ शुक्रबार