निर्वाचन विशेष

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की विजयी

प्रतिनिधि सभा निर्वाचनमा संखुवासभाबाट नेकपा एमालेका अर्जुनकुमार कार्की निर्वाचित भएका छन् ।  

अन्तिम मतपरिणाम अनुसार कार्कीले १५ हजार ३३६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका मिङमा शेर्पाले १५ हजार मत प्राप्त गरेका छन् ।  

त्यस्तै तेस्रो स्थानको श्रम संस्कृति पार्टीकी उमा कुमारी राईले ९ हजार ८५७ मत प्राप्त गरेकी छन् ।  

योसँगै सम्पन्न निर्वाचनमा रास्वपाले सर्वाधिक १२५ स्थानमा जित दर्ता गरेको छ ।  

दोस्रो स्थानको कांग्रेसले १८ ठाउँ जितेको छ भने एमाले नौ स्थानमा विजयी बनेको छ । नेपाली कम्युनिष्ट पार्टीले सात स्थान जित्दा श्रम संस्कृति पार्टीले तीन, राप्रपाले एक र स्वतन्त्र उम्मेदवार महावीर पुनले जित दर्ता गरेका छन् । 

प्रकाशित: २५ फाल्गुन २०८२ २३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App