निर्वाचन विशेष

कास्की–३ मा रास्वपाकी बिनाको अग्रता कायमै

कास्की–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की बिना गुरुङको अग्रता कायमै छ। 

उनले अहिलेसम्म ७ हजार ५ सय ९१ मत ल्याएर अग्रस्थान ओगटेकी छिन्।  

गुरुङलाई पछ्याउँदै नेपाली कांग्रेसका मनोज गुरुङले ३ हजार ६ सय ८५ मत ल्याएका छन्।  

त्यस्तै एमालेका दामोदर पौडेल (बैरागी)ले २ हजार १ सय ९५ मत मात्र पाएका छन्। कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिएको छ।

प्रकाशित: २२ फाल्गुन २०८२ ११:५४ शुक्रबार