सर्लाही क्षेत्र नम्बर–४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो अग्रता कायमै राखेका छन्।
पछिल्लो मतपरिणाम अनुसार उनले नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई भारी मतान्तरले पछाडि पारेका हुन्।
पछिल्लो अपडेट अनुसार रास्वपाका उम्मेदवार सिंहले ११ हजार ३८३ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवार थापाले ६ हजार ९५२ मत मात्र पाएका छन्।
यी दुई उम्मेदवारबीचको मतान्तर ४ हजार ४३१ रहेको छ।
त्यसैगरी, यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अमनिश कुमार यादवले १ हजार ९६७ मत पाएका छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ ०८:०२ शनिबार