निर्वाचन विशेष

दाङ–१ मा रास्वपाको अग्रता कायमै

दाङ १ मा रास्वपाको अग्रता कायमै रहेको छ। रास्वपाका उम्मेदवार देवराज पाठकले ५ हजार ९ मतका साथ अग्रता कायमै गरेका हुन्।

यस्तै कांग्रेसका योगेन्द्र चौधरीले १ हजार ३ सय मतका साथ दोस्रो स्थानमा छन्।  

यसैगरी, एमालेका रेवतीरमण शर्माले ५ सय ४८, नेकपाका मेटमणी चौधरीले ५ सय ९२ मत प्राप्त गरेका छन्।  

यो क्षेत्रमा अहिले सम्म ८ हजार २ सय ६१ मत गणना भएको छ।

प्रकाशित: २२ फाल्गुन २०८२ ११:४९ शुक्रबार