निर्वाचन विशेष

लम्जुङमा पृथ्वीसुब्बालाई हराउँदै रास्वपाका केसी विजयी

लमजुङबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धर्मराज केसी बिजयी भएका छन्। पटक–पटक मन्त्री तथा गण्डकीका मुख्यमन्त्री समेत भएका नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङलाई झण्डै दोब्बर मतले पराजित गर्दै केसी बिजयी भएका हुन्।  

दोस्रो पटकको प्रयासमा बिजयी भएका उनले अघिल्लो पटकको पराजयको बदलासमेत लिएका छन्। उनी २०७९ को निर्वाचनमा गुरुङसँगै पराजित भएका थिए । शनिबार सम्पन्न मतगणनामा केसीले गुरुङलाई १७ हजार २२ मतले पछि पारे। बिजयी केसीले ३३ हजार ८ सय ९८ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी गुरुङले १६ हजार ८ सय ७६ मत प्राप्त गरे। त्यस्तै, कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५ सय ६९ मत प्राप्त गर्दा नेकपाका हरिजङ तामाङले ३ हजार ३ सय ७१ मत प्राप्त गरे।

प्रकाशित: २३ फाल्गुन २०८२ १६:०७ शनिबार

लम्जुङ रास्वपा धर्मराज केसी