ओखलढुंगामा प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विश्वराज पाेखरेलले १२,९६५ मतकाे साथ अग्रता कायम गरेका छन्।
नेपाली कांग्रेसका कुमार लुइँटेलले १२,८६९,नेकपा (एमाले) की अस्मिता थापाले ९,८९०, नेकपाकाे अम्बिरबाबु गुरुङले ९,५२२ र श्रम संस्कृत पार्टीकाे उद्धवकुमार राईले ३,५३९ प्राप्त गरेका छन्।
विहान साढे ६ बजेको मत परिणाम अनुसार किशोरी कार्की ९३८, वजेन्द्र राई २२३, डिकप्रसाद बास्तोला १३९ र पिंकी राई (बेगुराम राई) ९१ मत रहेकाे छ।
त्यस्तै नेत्रबहादुर नेम्वाङ ८४, शेरबहादुर खत्री ५५, विक्रम दाहाल ५२, सविना प्रजापती ४०, कुमारबहादुर लामा २६ र नारायणकाजी तामाङकाे १८ मत रहेकाे छ।
प्रकाशित: २४ फाल्गुन २०८२ ०६:४२ आइतबार