निर्वाचन विशेष

समानुपातिकतर्फ रास्वपाको मत ५० लाख नाघ्यो, अन्यको कति ?

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फ मत ५० लाख नाघेको छ। कुल १ करोड ४ लाख १९ हजार २३४ मतगणना गर्दा रास्वपाले ५० लाख १३ हजार १८९ मत प्राप्त गरेको हो।

त्यस्तै नेपाली कांग्रेसले १६ लाख ९४ हजार ७८२ मत पाएको छ भने नेकपा एमालेले १४ लाख १२ हजार ८८४ मत प्राप्त गरेको छ।

यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ६८ हजार ८ मत ल्याएको छ भने श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४६७ मत ल्याएको छ।

यस्ते, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २५ हजार ३४४ मत ल्याएको छ। मतगणना जारी छ। 

प्रकाशित: २६ फाल्गुन २०८२ ११:२१ मंगलबार