निर्वाचन विशेष

पर्वतमा रास्वपा उम्मेदवार भुसाल विजयी

पर्वतमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ। आज बिहान सम्पन्न अन्तिम मत परिणाम अनुसार रास्वपाका उम्मेदवार सागर भुसाल २६ हजार ५६१ मत प्राप्त गरी विजयी भएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीभन्दा १० हजार ६०७ मतको फराकिलो अन्तरमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ।

कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले १५ हजार ९५४ मत पाउँदा नेकपा (एमाले) का उम्मेदवार पदम गिरीले १५ हजार ७५ मत पाएका छन्।

पर्वतमा प्रतिनिधिसभा सदस्यका लागि चार स्वतन्त्रसहित १३ राजनीतिक दल गरी १७ उम्मेवार चुनावी मैदानमा होमिएका थिए।

प्रकाशित: २३ फाल्गुन २०८२ १०:०० शनिबार