नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंखर पोखरेलले हालै सम्पन्न भएको आम निर्वाचनमा जनादेश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा गएको बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेख्दै ‘नयाँबाट केही हुन्छ कि’ भन्ने विश्वासका साथ रास्वपालाई अभिमत दिएको बताएका छन्। उनले रास्वपाका प्रस्तावित प्रधानमन्त्री उम्मेदवारबालेन्द्र साह सहित निर्वाचित सबै प्रतिनिधिहरूलाई कार्यकाल सफलताको शुभकामना समेत दिएका छन्। यस पटकको निर्वाचनमा परिवर्तनको लहरका सामु आफ्नो र पार्टीको प्रयास सफल हुन नसकेको समेत बताएका छन्।
आफू उम्मेदवार रहेको प्रतिनिधिसभा–२ निर्वाचन क्षेत्रबाट रास्वपाका विपिन आचार्य निर्वाचित भएकोमा उनले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक हुने बताएका छन्। अब सकारात्मक सोचका साथ आफ्नो कर्तव्यमा निरन्तर लागिरहन सबैलाई आग्रह गरेका छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ ०९:५७ शनिबार