प्रतिनिधिसभा सदस्य निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ मा प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सोम शर्माले अग्रता लिएका छन्।
प्राप्त प्रारम्भिक मत परिणाम अनुसार शर्माले ४१६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले २७७ मत पाएका छन्।
त्यस्तै नेकपा एमालेकी मञ्जु चालिसेले ४९ मत प्राप्त गरेकी छन् भने नेपाल कम्युनिस्ट पार्टीका ज्ञामनाथ गैरेले १३६ मत पाएका छन्।
यो परिणाम गलकोट नगरपालिका–४ स्थित खरुवा माध्यमिक विद्यालय मतदान केन्द्रको प्रारम्भिक मतगणनाबाट सार्वजनिक भएको हो।
प्रकाशित: २२ फाल्गुन २०८२ १२:४० शुक्रबार