सर्लाही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नितिमा भण्डारी कार्की भारी मतले विजयी भएकी छन्।
भण्डारी ४४ हजार १८१ मत प्राप्त गर्दै विजयी भएकी हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८७१ मत प्राप्त गरेका छन्।
यस्तै, नेकपा एमालेका मनोजकुमार देवकोटाले ६ हजार १०१ प्राप्त गरेका छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ १७:३७ शनिबार



