निर्वाचन विशेष

विवेकशील साझाका प्रतिस्पर्धीसँग रविन्द्रको हार

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ रन्जु दर्शना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र कुनै बेला एउटै दलमा थिए। उनीहरु दुबै जना विवेकशील साझामा रहेकोमा अहिले प्रतिनिधिसभा सदस्यका लागि फरक फरक पार्टीबाट प्रतिस्पर्धा गरेका थिए। 

मिश्रले २०७४ सालमा बीबीसी नेपाली सेवाको जागिर छाडेर ‘साझा पार्टी’ गठन गरेर राजनीतिमा आएका थिए। उनले साझा पार्टीलाई विवेकशील पार्टीसँग एकीकरण गरे। त्यसपछि विवेकशील–साझा पार्टीको संयोजक भएका मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं १ मा उम्मेदवार भएका थिए ।  

उनी त्यतिबेला नेपाली कांग्रेसका प्रकाशमानसिंह श्रेष्ठसँग पराजित भएका थिए। २०७४ सालको स्थानीय तहको निर्वाचनमा रञ्जु दर्शाना काठमाडौं महानगरपालिका मेयर पदमा उम्मेदवार भएकी थिइन। त्यतिबेला दुवैजना एउटा पार्टीमा थिए। पछि मिश्र राप्रपामा प्रवेश गरे।  

राप्रपामा प्रवेश गरेका मिश्रले २०७९को निर्वाचनमा पनि काठमाडौं क्षेत्र नं १ बाट पुनः उम्मेदवार बने। त्यतिबेला पनि नेपाली कांग्रेसका सिंहसँग पराजित भएका थिए। त्यसबेला उनी १२५ मतले मात्र पराजित भएका थिए। सिंहले सात हजार १४३ मत ल्याउँदा मिश्रले सात हजार १८ मत प्राप्त गरेका थिए।  

अहिले भने विवेकशील साझाबाट रास्वपामा प्रवेश गरेकी रञ्जुले मिश्रलाई पराजित गरेकी छिन्।  रञ्जुले १५ हजार ४ सय ५५ मत प्राप्त गर्दा मिश्र ३ हजार ९ सय ७२ ल्याएर तेस्रो स्थानमा रहे।

प्रकाशित: २२ फाल्गुन २०८२ १६:१५ शुक्रबार