चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन्।
लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका मीना कुमारी खरेलले १४ हजार ५६४ मत ल्याएकी छन्। लामिछाने र खरेलको मतान्तर ३९ हजार ८३८ रहेको छ। एमालेको उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ मत पाए। नेकपाका उम्मेदवार प्रताप गुरुङले ४ हजार ९६९ मत प्राप्त गरेका छन्। यहाँ अन्य उम्मेदवारले हजार मत कटाउन सकेका छैनन्।
यसपटक लामिछानलेले अघिल्लो निर्वाचनमा भन्दा २२७ मत बढी प्राप्त गरे। अघिल्लो उपनिर्वाचनमा भन्दा लामिछानेले ५४ हजार १७५ मत प्राप्त गरेका थिए।
चितवन क्षेत्र नम्बर २ मा फागुन २१ गते भएको निर्वाचनमा ८७ हजार २८ मत खसेको थियो। यहाँ २ हजार ७९६ मत बदर भएको छ।
प्रकाशित: २३ फाल्गुन २०८२ ०७:३० शनिबार