निर्वाचन विशेष

सुनसरी–४ मा रास्वपाका उम्मेदवारले कांग्रेसका ज्ञानेन्द्र कार्कीलाई पछि पारे

सुनसरी क्षेत्र नं. ४ मा प्रारिम्भक चरणको मतपरिणाम अनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्कीलाई पछि पार्दै रास्वपाका दिपक साहले अग्रता लिएका छन्।  

तीन सय मत गणना हुँदा रास्वपाका साहले ९४ मत ल्याएका छन्।  

यस्तै, कार्कीले ६७ मत ल्याउँदा नेपाली कम्यूनिष्ट पार्टीका महफुज अन्सारीले ६१ मत ल्याएका छन्।  

त्यसैगरी, एमालेका जगदीस कुसियतले ३६ मत ल्याएका छन्।  

यस क्षेत्रमा कुल एक लाख ३७ हजार ४३० मतदातामध्ये ८३ हजार ६४० मत खसेको छ।

प्रकाशित: २२ फाल्गुन २०८२ १५:५७ शुक्रबार