निर्वाचन विशेष

भक्तपुर २ मा राजीव खत्रीको तेब्बर अग्रता

भक्तपुर निर्वाचन क्षेत्र नम्बर दुई मा राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार राजीव खत्रीले भारी मतले अग्रता कायम गरेका छन्। 

शुक्रवार साँझसम्मको मत परिणाम अनुसार खत्रीले १३ हजार ५ सय ५७ मत प्राप्त गरेका छन् भने उनको मुख्य प्रतिस्पर्धीको रूपमा देखिएका नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले ३ हजार ६ सय १२ मत हासिल गरेका छन्।

त्यसै गरी नेपाली कांग्रेसका कबिर राणाले २ हजार ७ सय ७१ मत प्राप्त गरेका छन्। त्यसै गरी नेपाली कम्युनिस्ट पाटीका रामप्रसाद सापकोटाले ३ सय ७६ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पाटीले ३ सय ७४ र नेपाल मजदुर किसान पाटीका रमेश वैद्यले ३ सय ३ मत प्राप्त गरेका छन्।

खत्रीले मुख्य प्रतिस्पर्धी दल नेकपा एमाले र नेपाली कांग्रेस बिचमा तेब्बर मतले अग्रता कायम गरेका छन्। मतगणना स्थल बाहिर राष्ट्रिय स्वतन्त्र पाटीको कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको छ। 

प्रकाशित: २२ फाल्गुन २०८२ १९:१२ शुक्रबार