निर्वाचन विशेष

काठमाडौं–१ मा समानुपातिक मतगणना सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गतको सामानुपातिकतर्फको पनि मतगणना सुरु भएको छ। 

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले काठमाडौं १ बाट समानुपातिकतर्फको मतगणना थालिएको जानकारी दिए।  

उनका अनुसार अहिलेसम्म समानुपातिकतर्फ १९ हजार ७२८ मतगणना हुँदा ११ हजार ५६२ मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ल्याएको छ। यस्तै समानुपातिकतर्फ  नेपाली कांग्रेसले ३ हजार ६६४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ७५२, नेकपा (एमाले) ले १ हजार १५२, श्रम संस्कृति पार्टीले ४४१, नेपाली कम्युनिष्ट पार्टीले ३९२ मत ल्याएका छन्।  

यस्तै राष्ट्रिय परिवर्तन पार्टीले २७३ मत प्राप्त गरेका छन् भने अन्य विभिन्न दलले १०० भन्दा तल मत प्राप्त गरेका छन्।रासस

प्रकाशित: २२ फाल्गुन २०८२ १८:१२ शुक्रबार