निर्वाचन विशेष

सोलुखुम्बुमा कांग्रेसका प्रकाशसिंह कार्की विजयी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोलुखुम्बुबाट नेपाली काग्रेसमा का उम्मेदवार प्रकाश सिंह कार्की विजयी भएका छन्। कार्कीले १३ हजार १६६ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्य पदका लागी विजय हासिल गरेका हुन्। 

उनका निकटतम प्रतिस्पर्धी  नेपाल कम्युनिष्ट पार्टीबाट अशिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी ( एमाले) बाट कल्पना राई ले ८ हजार २२८ मत प्राप्त गरेकी छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट ऋषि धन थुलुङराईले ३ हजार ६४२ मत प्राप्त गरेका छन्।

प्रकाशित: २४ फाल्गुन २०८२ ०७:५२ आइतबार