निर्वाचन विशेष

विजयको नजिक पुगे पुष्पकमल दाहाल

रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल विजयको नजिक पुगेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ।

भूमे र सिस्ने गाउँपालिकासँगै पुथा उत्तरगङ्गा गाउँपालिकाको आठ वडाको मत गणना सकिँदा दाहालले आठ हजार ५०० मतले अग्रता कायम गर्दै जितको नजिक पुगेका हुन्।

पन्ध्र हजार ८२३ मत गणना गर्दा प्रचण्डले आठ हजार ७४७ मत पाएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लीलामणि गौतमले तीन हजार १७, नेपाली कांग्रेसका उम्मेदवार कुसुमदेवी थापाले दुई हजार ४७७ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए।

उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लखन थापाले ७१२, राप्रपाका रोशन शाहले ७३ मत, राष्ट्रिय जनमोर्चाका उम्मेदवार चन्द्रप्रसाद शाहीले २९ मत, प्रलोपाका उम्मेदवार सन्दीप पुनले १८६, नेसनल मङ्गोल अर्गनाइजेसनका उम्मेदवार ज्योति रोका मगरले ५४ मत, नेसनल रिपब्लिक नेपालका उम्मेदवार धर्मकुमार बुढाले ४८, नेपाली कम्युनिष्ट पार्टी माओवादीका उम्मेदवार जुद्धबहादुर बुढा मगरले ४०, जनता समाजवादी पार्टीका उम्मेदवार शिरबहादुर बुढाले पाँच मत पाएका छन्। मतगणनामा ४३५ मत बदर भएको छ। अहिले पुथा उत्तरगङ्गा गाउँपालिका–९, १०, ११, १२, १३ र १४ को मत गणना हुँदै छ।

प्रकाशित: २२ फाल्गुन २०८२ १८:०७ शुक्रबार