निर्वाचन विशेष

इलाम १ मा नेपाली कांग्रेसका निश्कल राई निर्वाचित

इलाम क्षेत्र नम्बर एकमा नेपाली कांग्रेसका निश्कल राई निर्वाचित भएका छन् । उनी १४ हजार ५४३ मतसहित विजयी प्राप्त गरे । 

राईका निकटतम प्रतिद्वन्दी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १३ हजार ६३२ मत प्राप्त गरे ।  

त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका काजीमान कागतेले ११ हजार ९६६ मत प्राप्त गरेका छन् ।  

निक्कै प्रतिस्पर्धी मतसहित राई विजेता बनेका हुन् । मत गणना अवधिभर कांग्रेसका राई एमालेका कागते र श्रम संस्कृतिका लिम्बूबीच तीव्र प्रतिस्पर्धा देखिएको थियो ।

प्रकाशित: २५ फाल्गुन २०८२ १६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App