ओखलढुंगामा प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतगणना जारी रहँदा नेपाली कांग्रेसका कुमार लुइँटेलले ८,२०९ मतकाे साथ अग्रता कायम गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विश्वराज पाेखरेलले ६,८८४ र नेकपा (एमाले) की अस्मिता थापाले ६,४५१ प्राप्त गरेका छन्।
त्यस्तै नेकपा अम्बिरबाबु गुरुङले ४,९२३, श्रम संस्कृत पार्टीकाे उद्धवकुमार राईले ८४७ र ‘बलिरहेको चिम’ उज्यालो नेपाल पार्टीकी किशोरी कार्कीले ७२९ मत प्राप्त गरेका छन्।
त्यस्तै गरी विभिन्न उम्मेद्वार वजेन्द्र राई १५०, डिकप्रसाद बास्तोला ५५, पिंकी राई (बेगुराम राई) ४३, विक्रम दाहाल ३८, नेत्रबहादुर नेम्वाङ ३४, शेरबहादुर खत्री ३१, सविना प्रजापती २३, कुमारबहादुर लामा १६ र नारायणकाजी तामाङ ८ प्राप्त गरेका छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ १६:२६ शनिबार