निर्वाचन विशेष

कालीकोटमा नेकपाको सुरुवाती अग्रता, पछ्याउँदै एमाले

कालीकोटमा सुरु भएको मत गणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्।

पलाँता गाउँपालिकाको मत गणना हुँदा कर्णाली प्रदेशका पूर्वमुख्य मन्त्री शाहीले १२ सय ७६ मत पाएर सुरुवाती अग्रता लिएका हुन्।

उनलाई एमालेका नगिन्द्र शाहीले १ हजार ६७ मतसहित पछ्याइ रहेका छन्।

त्यस्तै कांग्रेसका हर्षबहादुर बम ९ सय १४ मतसहित तेस्रो स्थानमा छन्।

नेकपा (माओवादी)का खड्गबहादुर विश्वकर्माले ३ सय ५२ र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले १ सय १४ मत पाए।

प्रकाशित: २२ फाल्गुन २०८२ ०६:५४ शुक्रबार