मोरङ क्षेत्र नं ६ मा रास्वपाकी उम्मेदवार रुविना अचार्यको अग्रता बढ्दै गएको छ।
आचार्य नेपाली कांग्रेसका नेता डा. कोइरालाभन्दा १० हजार बढी मतले अगाडि देखिएकी छन्। आचार्यले १३ हजार ४ सय १ मतले ल्याउँदा नेपाली कांग्रेसका नेता डा. कोइरालाले ३ हजार १ सय ५५ मत प्राप्त गरे।
नेकपा एमालेका उम्मेदवार विनोद ढकालले २ हजार ७ सय ६ मत पाउँदा श्रम संस्कृति पार्टीका मातृका पौडेलले २ हजार ५ सय ५९ मत ल्याएका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ १६:५४ शुक्रबार



