मोरङ क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार सन्तोष राजवंशीले मतान्तर फराकिलो बनाउँदै लगेका छन्।
पछिल्लो सार्वजनिक परिणाम अनुसार राजवंशी ९ हजार ६५० मत प्राप्त गर्दै पहिलो स्थानमा छन्।
नेकपा माओवादी केन्द्रका अमनलाल मोदी २ हजार ५२ मतसहित दोस्रो स्थानमा छन्। रास्वपाका राजवंशी र मोदीबिच ७ हजार ५९८ मतको अन्तर रहेको छ।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार गुरुराज घिमिरे १ हजार ७ सय ११ मतसहित तेस्रो स्थानमा रहँदा एमालेका जीवन घिमिरे चौथो स्थानमा छन्। उनले १ हजार ४४ हत प्राप्त गरेका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ १०:२१ शुक्रबार