निर्वाचन विशेष

पछिल्लो मतगणना : ९४ स्थानमा रास्वपा अगाडि

प्रतिनिधिसभा सदस्य निर्वाचनमा पछिल्लो मतगणनाअनुसार ९४ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।

निर्वाचन आयोगका अनुसार गणना भइरहेका १३० निर्वाचन क्षेत्रमा हालसम्म रास्वपाका उम्मेदवार ९४ स्थानमा, नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार १०/१० स्थानमा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार आठ स्थानमा अगाडि छन् ।  

यस्तै, श्रम संस्कृति पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल र स्वतन्त्र उम्मेदवार एक/एक स्थानमा अगाडि छन् ।

हालसम्म रास्वपाका रञ्जु दर्शना १५ हजार ४५५ मतसहित काठमाडौं क्षेत्र नं १ बाट र कांग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मतसहित मुस्ताङबाट विजयी भएका छन् ।    

प्रकाशित: २२ फाल्गुन २०८२ १७:०१ शुक्रबार