निर्वाचन विशेष

उदयपुर-२ मा श्रम संस्कृतिले लियाे अग्रता

प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत उदयपुर क्षेत्र नं २ मा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ।

उक्त क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवार बलराज राईले २९६ मत पाएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेश राईले १९३ र नेकपा (एमाले) का उम्मेदवार अम्बर रायमाझीले १३९ मत पाएका छन्।

उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार रामकुमार राईले ६९, स्वतन्त्र उम्मेदवार मेजर राईले २० र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्य लामाले १७ मत पाएका छन्। 

प्रकाशित: २२ फाल्गुन २०८२ १५:१६ शुक्रबार